चार प्रदेशमा आज पानी पर्ने
काठमाडौं । चार प्रदेशमा आज पानी पर्ने प्रक्षेपण गरिएको छ । उच्च पहाडी भूभागमा भने हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसममा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यही कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा छ ।
तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आइतबार दिउँसो चार प्रदेशमा वर्षाको आकलन छ । मौसमविद्का अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा भने आज हल्का हिमपात हुनसक्छ ।
मौसम पूर्वानुमान महाशाखाको तीनदिने मौसम बुलेटिनअनुसार आगामी तीन दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको योग छ । बागमती प्रदेशमा भने आगामी तीन दिन पानी पर्ने सम्भावना देखिएको छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया