चार प्रदेशमा आज पानी पर्ने
काठमाडौं । चार प्रदेशमा आज पानी पर्ने प्रक्षेपण गरिएको छ । उच्च पहाडी भूभागमा भने हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसममा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यही कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा छ ।
तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आइतबार दिउँसो चार प्रदेशमा वर्षाको आकलन छ । मौसमविद्का अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा भने आज हल्का हिमपात हुनसक्छ ।
मौसम पूर्वानुमान महाशाखाको तीनदिने मौसम बुलेटिनअनुसार आगामी तीन दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको योग छ । बागमती प्रदेशमा भने आगामी तीन दिन पानी पर्ने सम्भावना देखिएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया