यी प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । अहिले देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही मौसमी प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा अहिले बदली भइरहेको छ भने बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । गण्डकी प्रदेशको एक दुई स्थानमा भने अहिले हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार दिउँसो मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको योग छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको खतरा छ ।
बुधबार राति तीन प्रदेशमा वर्षा हुने आकलन छ । महाशाखाको नियमित मौसमी बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपातबाट चिसो बढ्ने भएकाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई यातायातमा असर पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया