NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

जिम्मेवारी छाडेर १८ प्रहरी सम्पर्कविहीन

सूचना टाँस गर्दा पनि सम्पर्कमा नआएपछि स्पष्टीकरण सोधियो

काठमाडौं ।बिना जानकारी लामो समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले विभिन्न तहका १८ प्रहरीलाई सातदिने स्पष्टीकरण सोधेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेका कर्मचारीको नाम टाँसे पनि सम्पर्कमा नआएपछि प्रधान कार्यालयले स्पष्टीकरण सोधेको हो ।

लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेकाहरूमा प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह ठगुन्ना, प्रहरी वरिष्ठ हवल्दार धनबहादुर भुजेलदेखि प्रहरी कार्यालय सहयोगी शेरबहादुर गिरीसम्म छन् ।

प्रधान कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ अनुसार कारबाही हुने चेतावनी दिएको छ । प्रहरी ऐनमा कुनै पनि कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । ऐनको सोही प्रावधानअनुसार प्रधान कार्यालयले प्रक्रिया अघि बढाएको हो ।

नेपाल प्रहरीमा विशेषगरी तल्लो तहमा बीचमै जागिर छाड्ने समस्या बढ्दै गएको छ । न्यून वेतन, पेन्सन अवधि, आकर्षक वैदेशिक रोजगारी यसको मूल कारण मानिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष