डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर : ८५ जना लाभान्वित
डोटी । जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो ।
शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए ।
शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो । साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिएका थिएका थिए । मेड सोलुशन फाउण्डेसन स्वीट्जरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया