NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रेखा थापालाई पुत्रीलाभ

काठामाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले छोरी जन्म दिएको तस्बिर राखेकी छन् ।

अभिनेत्री थापा आमा बन्न अमेरिका गएकी थिइन् । उनले  ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी’ भन्दै फेसबुक पाेस्ट गरेकी छन् ।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मन, काली, जाउ हिड पोखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्।

रेखाकाे नयाँ चलचित्र ‘उपहार’ फागुन २५ देखि प्रदर्शनमा आउँदै छ ।

ताजा अपडेट

नेपालवाच विशेष