इन्टरनेट सेवा प्रदायकले अझै मानेनन् टिकटक बन्द गर्ने निर्देशन
काठमाडौं । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र भातृत्त्व बिथोलेको जिकिर गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को यस्तो निर्णयलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
प्राधिकरणको निर्देशनपछि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले टिकटक बन्द गरे पनि केहीले अझै अवज्ञा गरिरहेका छन् ।
दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर टिकटक बन्द गर्न निर्देशन जारी गरे पनि केहीले अझैसम्म अटेरी गरेर आफ्नो नेटवर्कबाट टिकटक नहटाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफ्नो निर्देशन पालना गर्न आग्रह गर्दै अवज्ञा जारी राखेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ऐनमा प्राधिकरणले यस्ता सेवा प्रदायकमाथि लाइसेन्स खारेजीसम्मका कारबाही गर्न सक्ने व्यवस्था छ ।
प्राधिकरणले आफ्नो निर्देशन पालना नगर्ने इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको नाम भनेसार्वजनिक गरेको छैन ।
यसैबीच, प्राधिकरणले अझै पनि टिकटक चलिरहेको भए सम्पर्क गर्न पनि आम नागरिकसमक्ष आग्रह गरेको छ ।
आफ्नो निर्देशन पालना नभएपछि प्राधिकरणले यसअघि त्यस्ता इन्टरनेट र मोबाइल सेवा प्रदायकसँग स्पष्टीकरण नै सोधेको थियो । तथापि, अझै पनि केहीले प्राधिकरणको निर्देशन अवज्ञा गरिरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो



प्रतिक्रिया