सेतीको बाँध खोलिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध
काठमाडौं । अहिले बिहान ८ बजे सेती नदीको बाँध खोलिने भएको छ । यसको असर तटीय क्षेत्रमा पर्ने भएकाले त्यहाँ बसोबास गरिरहेकालाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
पोखरामा माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन् । १४ गतेदेखि गोताखोरको सहयोगमा खोजी कार्य गर्दा पनि युवक फेला परेका छैनन् । युवकको खोजीका लागि गरेको निरन्तरको प्रयास विफल भएपछि प्रहरीले बाँध खोल्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले सेती नदीमा माछा मार्ने क्रममा वेपत्ता एक व्यक्तिको खोजी कार्यका लागि बाँध खोल्न लागिएको जनाएका छन् ।
तटीय क्षेत्रका बासिन्दालाई सतर्कतापूर्वक बसिदिन पनि प्रहरीले अनुरोध गरेको छ ।
‘सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।
पोखरास्थित सेती नदीमा फागुन १३ गते साँझ माछा मार्ने क्रममा दुई जना वेपत्ता भएका थिए । त्यसमध्ये पोखरा–१, केसरीका ४० वर्षीय गंगा तामाङ मृत फेला परे पनि पोखरा–१, सिम्पानीका मानबहादुर लामा तामाङ अहिलेसम्म भेटिएका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया