सेतीको बाँध खोलिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध
काठमाडौं । अहिले बिहान ८ बजे सेती नदीको बाँध खोलिने भएको छ । यसको असर तटीय क्षेत्रमा पर्ने भएकाले त्यहाँ बसोबास गरिरहेकालाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
पोखरामा माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन् । १४ गतेदेखि गोताखोरको सहयोगमा खोजी कार्य गर्दा पनि युवक फेला परेका छैनन् । युवकको खोजीका लागि गरेको निरन्तरको प्रयास विफल भएपछि प्रहरीले बाँध खोल्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले सेती नदीमा माछा मार्ने क्रममा वेपत्ता एक व्यक्तिको खोजी कार्यका लागि बाँध खोल्न लागिएको जनाएका छन् ।
तटीय क्षेत्रका बासिन्दालाई सतर्कतापूर्वक बसिदिन पनि प्रहरीले अनुरोध गरेको छ ।
‘सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।
पोखरास्थित सेती नदीमा फागुन १३ गते साँझ माछा मार्ने क्रममा दुई जना वेपत्ता भएका थिए । त्यसमध्ये पोखरा–१, केसरीका ४० वर्षीय गंगा तामाङ मृत फेला परे पनि पोखरा–१, सिम्पानीका मानबहादुर लामा तामाङ अहिलेसम्म भेटिएका छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया