द क्लिफमा प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’
काठमाडौं । प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौँ समूहमा तालिमरत एक सय १४ प्रशिक्षार्थी प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका छन् । बिहीबारदेखि सुरु बञ्जी जम्प शनिबारसम्म चल्नेछ ।
बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले आज र भोलि जम्प गर्ने छन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा प्रहरीहरू बञ्जी जम्प पुगेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए ।
यसअघि पनि प्रहरीका दुई समूहले फरक–फरक समयमा द क्लिफमै बन्जी गरेका थिए । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।
ताजा अपडेट
-
वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीले पाए अध्ययन भिसा, भिसा रद्द प्रक्रिया सुरु
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू


प्रतिक्रिया