भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै
एजेन्सी । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।
चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।
पूर्व–पश्चिम अन्तर्राष्ट्रिय जल मार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’ लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । भारतीय योजना अनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।
भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ । भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर रहेको छ ।
भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर ९१६० माइल० नजिक हुनेछ । “मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्वपूर्ण समुद्री रेखालाई समेटेको छ,” भारतीय नौसेनाले भनेको छ । यस शिविरले समुद्री डकैती र लागुऔषध विरोधी अभियानलाई बढावा दिने छ र यो ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया