सानो आकारको मन्त्रिमण्डलमा को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । गठबन्धन भत्किएसँगै प्रचण्डको नेतृत्वमा आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको छ ।
नेकपा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनाता समाजवादी पार्टी मिलेर बन्न लागेको नयाँ सत्ता समिकरणमा पाँच सदस्यीय मन्त्रीमण्डल गठन हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित चारवटै दलबाट एक/एकजना मन्त्री बनाउने सहमति भएको हो ।
एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने बन्त्री बन्ने पक्का पक्की भइसकेको छ भने माओवादीले मन्त्री टुंगो लगाइसकेको छैन ।
त्यस्तै जसपाबाट उपेन्द्र यादव सहभागी हुन सक्ने सम्भावना छ । हालसम्म रविले गृह मन्त्रालय नै पाउनुपर्ने माग राखेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया