NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘औषधिको गुणस्तर कायम राख्न ढुवानी र भण्डारणमा पनि ध्यान दिन आवश्यक’

काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधिको प्रभावकारीता गुणस्तरमा मात्र नहुने भन्दै गुणस्तरका लागि औषधि उत्पादकहरूले यसलाई औषधिको गुणस्तर कायम राख्न उत्पादनमा मात्रै नभएर ढुवानी र भण्डारणमा पनि ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले औषधिको प्रभावकारीता उचित ढुवानी र भण्डारणले पनि निर्धारण हुने बताएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले सरकारले देशमा औषधिको गुणस्तर लाई गम्भीर रूपमा लिएको

उनले मन्त्रालयले यसको निम्ति एकीकृत नीति लिएको बताए । यसै गरी सचिव देवकोटाले औषधि उद्योग आयात अर्थतन्त्रसँग जोडिएको विषय रहेको बताउँदै यसलाई गहन रूपमा लिएको र जनताको जनअपेक्षा पूरा गर्न औषधि उद्योगमा धेरै काम गर्न जरूरी भएको बताए।

‘औषधिको महत्त्व रोग नियन्त्रण र व्यक्ति स्वस्थ्य रहन आवश्यक छ। त्यसैले औषधि उत्पादक ,आयातकर्ता र सरकार मिलेर औषधि मापदण्ड गुणस्तर बनाउन रोडम्याप बनाउँ।’ उनले भने ।

नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले नेपालमा लागतको ५० प्रतिशत मात्रै औषधी खपत भइरहेकाे बताए। नेपाल फर्मा एशोसियनका महासचिव सञ्जिव कटेलले औषधि नियमन र अनुगमन गर्न सातै प्रदेशमा अ‍ैषधि प्रयोगशाला आवश्यक रहेको बताउँदै औषधिको गुणस्तरीयका निम्ती प्रयोगशालामा ध्यान दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा औषधि आयातकर्ता संघका अध्यक्ष पवन अर्यालले ओषधि उद्योगलाई सफल बनाउन नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले यसलाई पहल गर्नुपर्ने औल्याए । उनले विदेशी औषधिलाई भन्दा पनि स्वदेशी उद्योगलाई सक्षम बनाउन लागि परेको बताउँदै औषधिको आयात गर्दा यसको गुणस्तरमा सम्झौता नगर्ने उल्लेख गरे । “हामीले औषधि आयत गर्दा गुणस्तरमा कुनै सम्झौता गर्दैनौ,सरकारले तोकेको मापदण्डभित्र बसेर आयत गर्दै आएका छौँ ” उनले भने ।