दुर्लभ पोथी चित्तलको उद्धार
बनियानी । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ ।
आज बिहान हल्दिबारी–४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयको घरमा पसेको थियो । स्थानीयले चित्तल समातेर प्रहरी चौकी जलथलमा खबर गरेपछि प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको छ ।
ताजा अपडेट
-
वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीले पाए अध्ययन भिसा, भिसा रद्द प्रक्रिया सुरु
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू


प्रतिक्रिया