NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

वार्षिकोत्सवको अवसरमा एनआईसी एशिया क्यापिटलको विशेष योजना, के-के छन् अफर ?

काठमाडाैं । एनआइसी एसिया क्यापिटल लिमिटेडले सात वर्ष पूरा गरेको अवसरमा विशेष अफर योजना ल्याएको छ । कम्पनीले आफूले दिँदै आएको सातवटा सेवामा विशेष अफर दिने भएको हो ।

‘सातौँ वार्षिकोत्सव : सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ भन्ने नारासहित ११ वैशाखसम्म लागू हुने गरी योजना ल्याएको कम्पनीले जनाएको छ ।

 यस्ता छन् अफरहरू :

(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत : लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

(२) एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत : एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड”को एसआएपिमा आज फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु ५०० बराबरको क्यापिटलको तर्फबाट एसआईपि रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपि बास्टरको सुविधा उपलब्ध गराईनेछ ।

(३) संस्थागत परामर्श सेवा अन्तर्गत: एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत आइडिया टु आइपिओ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा फाल्गुण २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु।७र मा आइडिया टु आइपिओ सेवा अन्तर्गत आइपिओ जारी गर्ने तह सम्म पुर्‍याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

(४) डिम्याट खाता सेवा: हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको एक हप्ताको लागि मात्र ७ सय रुपैयाँमा लाइफ टाइम डिम्याट रिनुअल योजना सार्वजनिक गरेको छ ।

(५) मेरो सेयर सेवा: हाल क्यापिटलले मेरो सेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “७०० रूपैयाँमा लाइफ टाइम मेरो सेयर रिनुअल योजना सार्वजनिक गरेको छ ।

(६) नि:शुल्क डिम्याट खाता सेवा : क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म नि:शुल्क डिम्याट खाता खोलिदिने ।

(७) सेयर रजिष्ट्रार सेवा अन्तर्गत: हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७ सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटिसि मार्केट मा सूचिकरण गरिदिने छ ।