NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेप्सेमा ९ अंकको करेक्सन, कारोबार रकम घट्यो

काठमाडौं । मंगलबार भारी अंकले घटेको नेप्से बुधबार थोरै करेक्सन भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज ३०८ स्टकको ५८ हजार ९४० पटक कारोबारमा ९१ लाख १५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रूपैयाँको कारोबार भएको छ ।

बुधबार बैंकिङ, जीवन बीमा र म्युचल फण्ड उपसमूह घटेका छन् भने बाँकी उपसमूह बढेका छन् । बैंकिङ ०.१०, जीवन बीमा ०.०२, म्युचल फण्ड ०.०२ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा विकास बैंक ०.१३, वित्त १.६८, होटल तथा पर्यटन ०.८६, जलविद्युत ०.९४, लगानी ०.४२, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.७०, नीर्जीवन ०.२७, अन्य १.१७ र व्यापार १.३० प्रतिशतले बढेको छ ।

आज  दोल्ती पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमको आधारमा सोनापुर मिनरल्सको सर्वाधिक ३३ करोड ३७ लाख ७८ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्टको २७ करोड ८४ लाख ८५ हजार कारोबार भयो । त्यस्तै हिमालयन रिइन्स्योरेन्स १३ करोड १ लाख १५ हजार, घोरही सिमेन्टको १२ करोड ९४ लाख रूपैयाँको कारोबार भएको छ ।