NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कस्तो रहला आजको मौसम ?

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यही मौसमी प्रभावका कारण आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ ।