सुनको मूल्य स्थिर
काठमाडाैं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्य सोमबार भने स्थिर छ ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारकै मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको लागि तेजावी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । सोमबार चाँदी हिजोकै मूल्य एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया