सुनको मूल्य स्थिर
काठमाडाैं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्य सोमबार भने स्थिर छ ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारकै मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको लागि तेजावी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । सोमबार चाँदी हिजोकै मूल्य एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया