NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बैदेशिक रोजगार विभागका अख्तियारको छापा, नासु रंगेहात पक्राउ

काठमाडौं । बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुससहित पक्राउ परेका छन् ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो । १५ हजार घुस लिइसकेको अवस्थामा र ७१ हनार ६२० रुपैयाँ उनीसँग थप बरामद भएको आयोगले जनाएको छ । बरामद पैसाको उनले स्रोत खुलाउन नसकेकाले त्यो पनि घुसवापत लिएको आशंका गरिएको छ ।