कस्ताे रहला आजकाे माैसम ?

काठमाडाै । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा माैसम विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
ताजा अपडेट
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
प्रतिक्रिया