सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया