माघसम्म वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड, कुन बैंकको कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को माघ महिनासम्ममा वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड नाफा कमाएको छ । वाणिज्य बैंकरूले पुस मसान्तसम्ममा २८ अर्ब ७३ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्मा सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । ती दुवै बैंकले माघ मसान्तसम्ममा २ अर्ब ६८ करोड नाफा कमाएका छन् ।
सबैभन्दा नाफा कमाउने बैंकहरूमा प्राइम बैंक तेसो स्थानमा छ । प्राइम बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
चौथो नम्बरमा प्राइम कर्मसियल बैंकले २ अर्ब ५४ करोड नाफा कमाएको छ । यसपटक एनआइसी एशिया बैंक भने नाफा कमाउने बैंकहरूमा पाँचौँ स्थानमा छ । एनआइसीले माघ मसान्तसम्ममा २ अर्ब १४ करोड नाफा कमाएको छ ।
त्यसैगरी एभरेष्ट बैंकले १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड, हिमालय बैंकले १ अर्ब ८३ करोड, एनएमबिले १ अर्ब ६५ करोड नाफा आर्जन गरेका छन् ।
त्यस्तै कृषि विकास बैंकले १ अर्ब ५७ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले १ अर्ब ४० करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड, कुमारी १ अर्ब १२ करोड, सिटिजन्सले ९९ करोड, माछापुच्छ्रेले ९८ करोड, नेपाल बैंकले ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड र नेपाल एसबिआई बैंकले ८५ करोड रुपैयाँ नाफा कमाएका छन्।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया