सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
काठमाडौ । नेपाली बजारमा आज सुन मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो ।
बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया