मन्त्रिपरिषद् बैठक बस्दै, सुन तस्करी प्रकरणमा छलफल गरिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
स्रोतका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको छ ।
आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ। मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो। त्यस्तै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।
आयोगले प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो। आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया