NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

गठबन्धनको भविष्यमाथि माधव नेपालकै अविश्वास !

काभ्रे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि चिन्ता व्यक्त गरेका छन् । नयाँ गठित गठबन्धनका विषयमा धेरै प्रश्नहरु उठिरहेको टिप्पणी गर्दै उनले अहिलेको गठबन्धन कहिलेसम्म टिक्ने भन्ने प्रश्न धेरैको रहेको बताए ।

शनिबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनलाई सम्बोधनलाई गर्दै उनले नयाँ गठबन्धन नै आवश्यक नरहेको बताए । ‘यो गठबन्धन र यसमा सामिल रहेका दलहरु कहिलेसम्म रहिरहन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ नेता नेपालले भने, ‘रातारात गठबन्धन परिवर्तन गर्ने आवश्यकता किन प¥यो ? नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको कुनै औचित्य छ कि छैन ? कुनै भूमिका, महत्व छ कि छैन ? भूमिका निर्वाह गरिरहेको छ भने के कारणले गरिरहेको छ ? नेपालको कम्युनिष्ट आन्दोलन साना–साना टुक्रामा विभाजित भइरहने नै हो, के नेपालका कम्युनिष्टहरु मिलेर जान सक्दैनन् भन्ने लगायतका प्रश्नहरु उठिरहेका छन् ।’

पुराना कुराहरुलाई भुलेर नयाँ ढंगबाट अघि बढौं भनेर गठबन्धनमा सहभागी भएको उनको भनाई छ । देशमा स्थिरता कायम गर्ने, देश फेरी चुनावमा नजओस् भन्ने कुरालाई पनि स्वीकारेर हामी नयाँ गठबन्धनसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।