कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन
गलकोट । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद रु १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट रु ५४ हजार नौ सय, बोकाबाट रु एक लाख ३० हजार छ सय, कुखुराबाट रु सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा रु तीन लाख १४ हजार चार सय, विवाहबाट रु १० हजार पाँच सय आर्थिक सहयोग रु तीन लाख ४२ हजार चार सय ८५, परेवा बिक्रीबाट रु छ लाख ५५ हजार दुई सय ५०, व्रतबन्ध रु नौ सय, पण्डितबाट रु १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए।
यस्तै फागुनमा रु २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब रु तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा रु ६७ हजार खर्च भएको छ । साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा रु २१ लाख छ हजार, पोशाक तथा छपाइमा रु २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा रु तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसै मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया