श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
एजेन्सी । एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५२ प्रतिशत योगदान गर्छन् । “त्यसैले एसमई, विशेषरूपमा महिला नेतृत्वको उद्यमहरूलाई अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई कायम राख्न र प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नु महत्त्वपूर्ण छ”, एडिबीले विज्ञप्तिमा भनेको छ ।
सहभागी वित्तीय संस्थाहरूमार्फत एडिबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेष सुविधा स्थापना गर्नेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया