श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
एजेन्सी । एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५२ प्रतिशत योगदान गर्छन् । “त्यसैले एसमई, विशेषरूपमा महिला नेतृत्वको उद्यमहरूलाई अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई कायम राख्न र प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नु महत्त्वपूर्ण छ”, एडिबीले विज्ञप्तिमा भनेको छ ।
सहभागी वित्तीय संस्थाहरूमार्फत एडिबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेष सुविधा स्थापना गर्नेछ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया