सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानतमा रिहा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।
महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबी स्रोतले बताएको छ। उनी इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए।
सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन्। महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताएका छन्।
मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ। महरालाई सोहि कार्यविधिमा टेकेर छाडिएको हो।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया