तीन प्रदेशमा आज पनि पानी पर्ने
काठमाडौं । तीन प्रदेशमा आइतबार पानी पर्ने आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातको खतरा छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान आफ्नो नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै तीन प्रदेशमा वर्षाको प्रक्षेपण गरेको हो । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही मौसमी प्रणालीका कारण केही दिनयता देशका विभिन्न भागमा वर्षा तथा बदली भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया