होलिको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य
कास्की । भारतीय दूतावासको आयोजनामा फागुपूर्णिमा (होली) पर्वको पूर्वसन्ध्यामा देशको पर्यटकीय राजधानी सहर पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्यसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
भारतीय राजदूतावास सहित काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त आयोजनामा शनिबार साँझ पोखराको बाराहीघाटमा पाँच सयभन्दा बढीको सहभागितामा ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै साँस्कृतिक कार्यक्रम गरिएको हो ।
श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार : वसन्तको रङ प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रस्तुत गरिएको हो । यसका साथै नोपली लाखे नृत्यसँगै लोक नृत्य प्रदर्शन गरियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय दुतावासका अधिकारी, गण्डकी प्रदेश सरकार र कास्कीस्थित स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको बताए । उनले यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे ।
भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे उल्लेख गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे। काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले गत चैत ९ गते काठमाडौंमा आफ्नो पहिलो प्रस्तुती दिएको थियो ।
टोलीले चैत ११ गते लुम्बिनी, चैत १३ गते वीरञ्ज र चैत १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । ओडिसी भारतको उडिसा प्राप्तको एक शास्त्रीय नृत्य हो ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया