दुई विश्वविद्यालयको उपकुलपतिमा पुनः दरखास्त आह्वान
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) र सुदूरपश्चिम विश्वविद्यालय (सुप) को उपकुलपतिको स्थगित दरखास्त आह्वान प्रक्रिया पुनः अघि बढेको छ ।
दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सोमबारको निर्णयानुसार यसअघि स्थगित दरखास्तसम्बन्धी प्रक्रिया मंगलबार पुनः सञ्चालन गरिएको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले चैत १६ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने छनोट समितिले जनाएका छन् ।
उपकुलपति नियुक्तिका लागि दुवै विश्वविद्यालयले यसअघि दरखास्त आह्वान गरेकोमा केहीले सहभागिता जनाएका थिए । तर गत फागुन ६ गते एकाएक दुवै विश्वविद्यालयको उपकुलपति छनोटका लागि थालिएको आवेदन प्रक्रिया स्थगन हुन पुगेको थियो ।
छनोट समितिका अनुसार, गत माघ २५ गते प्रकाशित सूचनाका आधारमा यसअघि आवेदन दिएकाले भने पुनः आवेदन दिनु पर्दैन । उनीहरूलाई यसअघि दिएको आवेदनकै आधारमा प्रक्रियामा सामेल गरिनेछ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया