दुई विश्वविद्यालयको उपकुलपतिमा पुनः दरखास्त आह्वान

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) र सुदूरपश्चिम विश्वविद्यालय (सुप) को उपकुलपतिको स्थगित दरखास्त आह्वान प्रक्रिया पुनः अघि बढेको छ ।
दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सोमबारको निर्णयानुसार यसअघि स्थगित दरखास्तसम्बन्धी प्रक्रिया मंगलबार पुनः सञ्चालन गरिएको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले चैत १६ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने छनोट समितिले जनाएका छन् ।
उपकुलपति नियुक्तिका लागि दुवै विश्वविद्यालयले यसअघि दरखास्त आह्वान गरेकोमा केहीले सहभागिता जनाएका थिए । तर गत फागुन ६ गते एकाएक दुवै विश्वविद्यालयको उपकुलपति छनोटका लागि थालिएको आवेदन प्रक्रिया स्थगन हुन पुगेको थियो ।
छनोट समितिका अनुसार, गत माघ २५ गते प्रकाशित सूचनाका आधारमा यसअघि आवेदन दिएकाले भने पुनः आवेदन दिनु पर्दैन । उनीहरूलाई यसअघि दिएको आवेदनकै आधारमा प्रक्रियामा सामेल गरिनेछ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया