निःशुल्क स्वास्थ्य शिविरमा मधुमेहदेखि दन्तरोगसम्मका सेवा
गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।
सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् । शिविर उद्घाटन गर्दै सहकारी सङ्घ म्याग्दीका अध्यक्ष दीपक कार्कीले वित्तीय सेवामात्रै नभई सहकारीले शेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा केन्द्रित हुनुपर्ने बताए ।
स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सहकारी सङ्घका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षेत्रीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए। शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो ।
शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गरेका थिए ।
सहकारीले स्थापना दिवसमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोगसहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया