आजदेखि एसइई, जापानबाट समेत सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा राखिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै चैत १५ देखि २७ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।
यसपालिको परीक्षामा सामुदायिक तथा संस्थागत १० हजार ८०६ विद्यालयका कुल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र १५ यौनिक तथा लैंगिक अल्पसंख्यक छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा १२७ कायम हुँदा मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक केन्द्र राखिएको छ ।
जापानबाट पनि सहभागी हुँदै
यस वर्षको परीक्षामा स्वदेशबाट मात्र नभई विदेशबाट पनि विद्यार्थी सहभागी हुँदैछन् । जापानस्थित एभरेस्ट इन्टरनेसनल स्कुलका २३ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।
एभरेस्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रमअनुसार पठन–पाठन हुने विदेशी विद्यालय हो । यहाँ नेपालीका छोराछोरी अध्ययन गर्ने गरेका छन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया