बाढीका कारण तान्जानियामा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन
एजेन्सी । भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् ।
नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिए ।
प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्ने प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराए ।
बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया