बाढीका कारण तान्जानियामा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन
एजेन्सी । भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् ।
नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिए ।
प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्ने प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराए ।
बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया