१३ सचिवको सरुवा

काठमाडौैं । सरकारले १३ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा विभिन्न मन्त्रालयका सचिवहरु फेरिएका छन् ।
श्रममा घनश्याम उपाध्यक्ष, उद्योगमा कृष्णबहादुर राउत तथा स्वास्थ्यमा मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ ।
गोपाल प्रसाद सिग्देलको भौतिक पूर्वाधार, बाणिज्यमा दिनेश घिमिरे, निर्वाचन आयोगमा रविलाल पन्त तथा सिचांइमा सरिता दवाडीको सरुवा भएको छ । उर्जामा सुशीलचन्द्र तिवारी, विज्ञान तथा प्रविधिमा विश्वबाबु पुडासैनी, नेपाल ट्रष्टमा प्रमिलादेवी बजाचार्य, उर्जा आयोगमा केशव शर्मा, मुकुन्द निरौला उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।
गत हप्ताकै मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।
प्रतिक्रिया