प्रतितोला चार सयले घट्यो सुनको मूल्य
काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।
सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।
यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया