पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरो खस्ने जोखिम
तनहुँ । मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ ।
सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उनको भनाइ छ ।
उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया