पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरो खस्ने जोखिम
तनहुँ । मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ ।
सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उनको भनाइ छ ।
उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उनले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया