सात जिल्लाका एसपी तानिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सात जिल्लाका एसपी हेरफेर गरेको छ । बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र नुवाकोटका एसपी फेरिएका हुन् ।
बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ ।
बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरुलाई हटाइएको स्रोत बताउँछ ।
त्यस्तै, नुवाकोटमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ । त्यहाँका एसपी संजयसिंह थापालाई यसअघि सुनकाण्डमा हटाइएको थियो ।
प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ८ एसपीको पनि पदस्थापन गरेको छ ।
ताजा अपडेट
-
अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै
-
भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन
-
एक अर्ब ३४ करोडको हुन्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ
-
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
-
नेप्से परिसूचक २१ अंकले घट्यो


प्रतिक्रिया