यी हुन् इलाम–२ का २० उम्मेदवार
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।
१२ राजनैतिक दल र आठ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ्ग, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जीतबहादुर राई छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणिकुमार लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर र नेपाली जनता दलका रेशमबहादुर सुनार पनि सांसद बन्ने आकांक्षासहित मैदानमा उत्रिएका छन् ।
स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग र राज बस्यालले मनोनयन दर्ता गराएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया