५ प्रदेशमा आज हावाहुरीको सम्भावना छ, सतर्कता अपनाउनु होला : मोसमविद्
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार पाँच प्रदेशमा हावाहुरीको जोखिम औंल्याउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आइतबार बिहान आफ्नो नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पाँच प्रदेशमा हावाहुरी चल्ने प्रक्षेपण गरेको हो ।
महाशाखाका अनुसार, आइतबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ ।
‘कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भु(भागका तराईका केही स्थानहरुमा हावा(हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ ।
दुई प्रदेशमा भने मौसमविद्ले पानी पर्ने अनुमान गरेका छन् । दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र राति गण्डकी र कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने आकलन गरिएको हो ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।
नेपालको मौसममा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । यही कारण बदलीदेखि वर्षासम्म भइरहेका छन् ।
महाशाखाका अनुसार, यतिबेला कोशी, मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ। काठमाडौं उपत्यकामा भने आइतबार बिहानैदेखि झलमल्ल घाम लागिरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया