चतरामा आजदेखि महाकुम्भ मेला, ३० लाख पर्यटक आउने, ४० दिन माछामासु र मदिरा प्रतिबन्ध
धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।
आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरूप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताए । उनले भने, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”
मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै, मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।
मदिरा र माछामासु ४० दिन प्रतिबन्ध
कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ ।
मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया