सुनको मूल्य आज पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि भने एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर एक हजार सात सय कायम भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया