वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

काठमाडौं । आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ ।
देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो ।
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।
वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए । उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए । “दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ ।” उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया