NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको नाफा ४२ अर्ब ३० करोड, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष ०८०/०८१ को फागुन महिनासम्ममा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ७० लाख नाफा कमाएका छन् । हाल सञ्चालना रहेका २० वाणिज्य बैंकहरूले सो बराबरको नाफा कमाएका हुन् ।

बैंकहरूले माघ महिनासम्ममा ३५ अर्ब ४९ करोड नाफा कमाएको थियो  । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्मा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । उक्त बैंकले फागुन मसान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख नाफा आर्जन गरेको छ ।

त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंक रहेका छन् । ती दुवै बैंकले ३ अर्ब ४३ करोड ३० लाख नाफा कमाएको छ । सबैभन्दा नाफा कमाउने बैंकहरूमा प्राइम बैंक तेसो स्थानमा छ । प्राइम कर्मसियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख नाफा नाफा आर्जन गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख नाफा कमाएर एनआइसी एशिया बैंकलाई उछिनेको छ । यसपटक एनएनआइसी एशिया बैंक धेरै नाफा कमाउने बैंकहरूमा छैटौँ स्थानमा परेको छ । यसभन्दा अघिको महिनामा बैंक पाँचौँ स्थानमा परेको थियो ।

एनआइसीले फागुन मसान्तसम्ममा २ अर्ब ५४ करोड २४ लाख नाफा कमाएको छ । त्यसैगरी एभरेष्ट बैंकले २ अर्ब २९ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड, कृषि विकास बैंक एक अर्ब ९७ करोड नाफा आर्जन गरेका छन् ।

त्यस्तै हिमालयन बैंकले एक अर्ब ९४ करोड, एनएमबी एक अर्ब ९२ करोड, लक्ष्मी सनराइज बैंक एक अर्ब ८२ करोड, सिदार्थ बैंक एक अर्ब ६९ करोड, सानिमा बैंकले १ अर्ब ६६ करोड नाफा कमाएको छ ।

अन्य बैंकहरूमा प्रभु बैंक एक अर्ब ५१ करोड, कुमारी बैंक एक अर्ब ४२ करोड, नेपाल बैंक १ अर्ब २८ करोड, सिटिजन्स बैक एक अर्ब २२ करोड, माछापुछ्रे बैंक १ अर्ब १६ करोड र नेपाल एसबिआइ बैंक एक अर्ब नाफा कमाएका छन्।