भोलिदेखि लागू हुनेगरी ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडाैं । ग्लोबल आइएमई बैंकले भोलि (वैशाख एक) गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
वैशाख महिनाको लागि बैंकले बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतसम्म र संस्थागततर्फ ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले नर्मल सेभिङ, ग्लोबल नारी बचत, ग्लोबल बालबालिका बचत, ग्लोबल नवरत्न स्यालरी अकाउन्ट, ग्लोबल कर्मचारी बचत, सोसल सेक्युरेटी, ग्लोबल सेयर लगानी, ग्लोबल विएलबी सेभिङ अकाउन्ट, ग्लोबल स्टुडेन्ट सेभिङ, ग्लोबल सहयात्री, ग्लोबल संगत खातामा खातामा ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
वैशाखका लागि अधिकांश बैंकहरूले घटाएर सार्वजनिक गर्यो ब्याजदर, कुन बैंकको कति ?
त्यस्तै ग्लोबल जेष्ठ नागरिक, सबै नेपालीको वचत खाता, सोचेजस्तै बैंक खात र ग्लोबल सेभिङ रेमिट बचत खाता ५.५० प्रतिशत ब्याजर तोकेको छ ।
बैंकले फिक्स डिपोजिटअन्तर्गत व्यक्तिगततर्फ ३ महिनाभन्दा बढी र ६ महिनाभन्दा कम अवधिको लागि ५.५०, ६ महिनाभन्दा बढी र एक वर्षभन्दा कम अवधिको ६ प्रतिशत, एक वर्षभन्दा माथि सात प्रतिशत र ब्याजदर कायम गरेको छ ।
संस्थागततर्फ ६ महिनाभन्दा माथि र एक वर्षभन्दा कम अवधिको लागि ५ प्रतिशत, एक वर्षभन्दा माथि ६ प्रतिशत तोकेको छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया