खानेपानीका चार इन्जिनियरको बढुवा

काठमाडौं । खानेपानी मन्त्रालयमा कार्यरत चार इन्जिनियर बढुवा सिफारिस भएका छन् ।
मन्त्रालयको बढुवा सिफारिस समितिको वैशाख २ गतेको बैठकले सिभिल इन्जिनियर समूहका चार इन्जिनियरको राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि सिफारिस गरिएका इन्जिनियरहरूमा जितकुमार महतो, कल्पना थापा, भक्तिप्रसाद काफ्ले र पूर्णबहादुर वली छन् ।
लोक सेवा आयोगको गत कात्तिक २९ गते प्रकाशित सूचनाबमोजिम रिक्त पदमा बढुवा सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
‘सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो’ : विद्या भण्डारी
-
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
-
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
-
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै
प्रतिक्रिया