खानेपानीका चार इन्जिनियरको बढुवा
काठमाडौं । खानेपानी मन्त्रालयमा कार्यरत चार इन्जिनियर बढुवा सिफारिस भएका छन् ।
मन्त्रालयको बढुवा सिफारिस समितिको वैशाख २ गतेको बैठकले सिभिल इन्जिनियर समूहका चार इन्जिनियरको राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि सिफारिस गरिएका इन्जिनियरहरूमा जितकुमार महतो, कल्पना थापा, भक्तिप्रसाद काफ्ले र पूर्णबहादुर वली छन् ।
लोक सेवा आयोगको गत कात्तिक २९ गते प्रकाशित सूचनाबमोजिम रिक्त पदमा बढुवा सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया