इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
इन्डोनेसिया । खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ ।
उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउ गाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते हुनुका साथै चार वटा घर पुरिएको स्रोतले जनाएको छ ।
कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया