खाद्य संस्थानको सिइओका लागि आवेदन आह्वान
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी सिइओमा आवेदन आह्वान गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम सिइओका लागि आवेदन माग गरिएको समितिले जनाएको छ ।
आवेदन आगामी २१ दिनभित्र दिन सकिनेछ । समितिका अनुसार, अनुभव, योग्यतालगायत विस्तृत जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
खाद्य संस्थानमा अहिले मोहन प्रकाश चन्द कार्यकारी अधिकृत छन् । उनको कार्यकाल सकिन लागेकाले त्यसअगावै नयाँ प्रमुख कार्यकारी अधिकृत चयनका लागि प्रक्रिया थालिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया