तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन
चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आवमा पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रूपैयाँ सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।
नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया