नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण
काठमाडौ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए ।
संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।
यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
ताजा अपडेट
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड


प्रतिक्रिया