NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तोलामा सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३८ हजार छ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष