चुनावमा पैसा बाड्नेलाई हिरासतमा जाक्न गृहमन्त्रीको निर्देशन

इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनमा पैसाको चलखेल गर्नेलाई पक्राउ गरेर थुन्न निर्देशन दिएका छन् । उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका लागि इलाम आएका उनले यस्तो बताएका हुन् ।
‘सुरक्षा निकायका साथीहरू चुनावमा पैसा बाँड्नेलाई ध्यान दिएर हेर्नुहोला । यसपटक कसरी पैसा बाँडिन्छ हामी पनि हेर्छौँ। कहीँ कसैले भोट किन्न खोजेमा आदेश कुर्नुपर्दैन, कहाँ जाक्ने हो जाक्नुहोला,’ लामिछानेले भने, ‘त्यसरी पैसा बाँडेर भोट किनेको होइन देशको भविष्यमाथि खेलबाड गरेको हो । देशको भविष्यमाथि खेलबाड गर्ने देशद्रोही हुन् । देशद्रोहीलाई कसरी ठीक लगाउनुपर्छ भन्ने तपाईंले लगाएको बर्दीले आफैँ बोल्नेछ । बर्दीको इज्जत चुनावमा देखाउनुहोला।’
लामिछानेले आफूहरू राजनीतिमा आशा जगाउन आएको दाबी गरे । यसअघिको निर्वाचनमा दल खोलेको पाँच महिनामै २१ सांसदसहित राष्ट्रिय दल बनाएर विश्वको राजनीतिमा इतिहास लेख्ने काम गरेको उनको दाबी छ।
‘हामी राजनीतिमा आशाको झिल्को बाल्न आएका हौँ। राजनीतिमा असफल हुँदा पनि लुटेर, ढाँटेर खान पर्दैन । राम्रै जीवन बाँच्न सक्छौँ । तर, देशलाई उज्यालो देखाउन आएका हौँ,’ उनले भने, ‘देश लुटिएको टुलुटुलु हेर्न नसकेर राजनीतिमा आएका हौँ । इतिहास लेख्ने काम भएको छ । पाँच महिनामा एउटा दलले २१ संसद लिएर राष्ट्रिय दल बनेको इतिहास कमै सुन्न पाइन्छ।’
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया